फ्राइडे रिलिज : ‘घामड शेरे’ र ‘जीवन काँडा कि फूल’ को हलमा भिडन्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । आजबाट देशभरको हलमा २ नेपाली चलचित्र रिलिज भएको छ । हेमराज विसि निर्देशित चलचित्र ‘घामड शेरे’ र सहित्यकार झमक घिमिरेको जीवनमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ रिलिज भएको हो । यसअघि यो मितिमा ‘लभ यू हमेशा र सरौतो’ पनि रिलिजमा आउने तयारी थिए । तर ‘घामड शेरे’ले आफ्नो रिलिज मिति सारेपछि ती दुवै चलचित्र तीन हप्ता पछाडि सरेका थिए ।

‘घामड शेरे’ मा नरेन्द्र मैनालीको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । त्यस्तै ,चलचित्रमा हेमराज वीसी र सिमोस सुनवारको लगानीमा रहेको छ । चलचित्रमा निश्चल र स्वास्तिमासँगै लोकेन्द्र लेखक, सुष्मा निरौला लगायत कलाकारले अभिनय गरेका छन् ।

यता चलचित्र ‘जीवन काँडा कि फूल’मा झमकको सानो हुदाँको भूमिकामा अवस्था थापा र ठुलो हुदाँको भूमिकामा रोजिता वुद्धचार्य रहेकी छिन् । उनको आमा बुबाको भूमिकामा किशन सुना र उमा गिरी रहेका छन् भने बहिनीको भूमिकामा सारिका घिमिरे रहेकी छिन् । तर चलचित्रको सुरु र अन्त्यमा झमक स्वय देखिदै छिन् ।

चलचित्रमा झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा तथा संवाद, कमल राईको कोरियोग्राफी , शिव ढकालको छायांकन , तारा थापा ‘किम्भे’ को सम्पादन र विनोद विष्टको निर्माण तथा निर्देशन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *