‘दरबार’मा अब रजनीकान्तको इन्ट्री : सलमान खानले शेयर गरे धमकेदार मोशन पोस्टर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । सुपरस्टार रजनीकान्तको फिल्म ‘दरबार’ को मोशन पोस्टर सार्वजनिक भएको छ । भिडियोमा रजनीकान्त डरलाग्दो एक्सन भूमिकामा देखिएका छन् । बताए अनुसार उनको फिल्ममा पुलिस अफिसरको भूमिका रहेको छ । उनको नाम आदित्य हो ।

‘दरबार’ को पोस्टर सलमान खानले पनि सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले पोस्टर सेयर गदै सिर्फ सुपरस्टार होइन् ,बरु एकमात्र सुपरस्टारको बधाई । रजनी गुरु फुल मोशमा लेखेका छन् । पोस्टरलाई सलमानसँगै कमल हासन , महेश बाबु र मोहनलालले फरक फरक भाषामा सेयर गरेका छन् ।

फिल्मलाई एआर मुरुगादौसले निर्देशन गरेका छन् । फिल्ममा नयनतारा महिलाको मुख्य भूमिका देखिदैछिन् । सुनिल शेट्टी र प्रतिक बब्बर पनि फिल्ममा छन् । फिल्म २०२० मा रिलिज हुने तयारीमा छ । २०१८ मा रजनीकान्त काला र टु जिरोमा देखिएका थिए । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *