अक्षय कुमार बने बलिउडको सबैभन्दा महंगो अभिनेता : लिए एक फिल्म बराबर १०० करोड पारिश्रमिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अक्षय कुमारको बलिउडमा अन्य कलाकारको तुलनामा एक वर्षमा ४ देखि ५ वटा फिल्म रिलिज हुन्छ । २०१९ मा अक्षयको ३ फिल्महरु केसरी, मिशन मंगल र हाउसफूल ४ रिलिज भयो । यसको अलवा करण जौहरको फिल्म गुड न्यूजमा पनि देखिएका छन् । अक्षय अर्को वर्ष सूर्यवंशी , बच्चन पांडे र पृथ्वीराज र लक्ष्मी बममा देखिदैछन् ।

भारतीय सञ्चार माध्यमका अनुसार अक्षय कुमारले अर्को एक फिल्म पनि साइन गरेका छन् । एक एक्सन रमाइलो फिल्म भएको बताइएको छ । मिडिया रिपोर्टको अनुसार वासु भगनानी र फिल्म एयरलिफ्टको निर्देशक निखिल आडवाणीको साथ अक्षय एक फिल्ममा काम गदै छन् । फिल्म एक्सन, भावनात्मक र मनोरञ्जनले भरिपूर्ण हुनेछ ।
फिल्मको धेरैजसो छायाकंन लण्डनमा हुनेछ । निकै ठुलो बजेटमा निर्माण हुने लागेको फिल्म अन्तराष्ट्रिय स्तरमा नै शुट हुनेछ । तर यस फिल्मको लागी अक्षयले १०० करोड भारु पारिश्रमिक लिने बताइएको छ ।

यदि यस्तो भएमा अक्षय बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बन्नेछन् । त्यसपछि उनी फोब्र्सको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतामा फेरी देखिनेछन् । बताए अनुसार अहिले अक्षयको साथमा काम गर्नको लागीले एक अभिनेत्रीको खोजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *