‘प्रेमगीत ३’ को शुभ मुहूर्तसँगै छायाकंन सुरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नायक प्रदिप खड्का अभिनित फिल्म ‘प्रेमगीत ३’ को औपचारिक रुपमा छायांकन सुरु भएको छ । निर्माणटिम र कलाकारको साथमा दक्षिणकालीको मन्दिरमा पुजा गदै फिल्मको छायाकंन सुरु गरिएको हो । निर्माता सन्तोष सेनको अनुसार फिल्मको ४५ प्रतिशत छायाकंन काठमाडौमा र बाँकी ५५ प्रतिशत मनाङमा छायाकंन हुनेछ । ५५ दिनको छायाकंनको सेड्युल बनाइएको फिल्म निर्माणमा करिब ३ करोडको लगानी लाग्ने अनुमान गरिएको छ । केही दिनअघि मात्र फिल्मको मोशन पोस्टर सार्वजनिक भैसकेको छ ।

आसुशेन फिल्मसको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गदैछन् । चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको फिल्मको कुमार शान सेन सह निर्माता हुन् । २ सय वर्ष पुरानो प्रेमकथामा बन्न लागेको फिल्ममा प्रदिपसँगै क्रिस्टिना गुरुङ ,शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतका कलाकारहरुले अभिनय गदैछन् । यो फिल्म चैत २८ मा रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *