गर्धन र कम्मरको दुखाईको कारण बन्न सक्छ स्मार्टफोन , यसरी राख्नुस् ख्याल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । स्मार्टफान आज मानिसहरुको सबैभन्दा बढी आवश्यक पर्ने चिज बनेको छ । यसको बिना हाम्रो सबै काम अधुरो हुन्छ । तर के तपाईलाई थाहा छ , हामीले गोजीमा नियमित बोक्ने स्मार्टफोन बिरामीको कारण बन्न सक्छ । किनभने मोबाइल र ल्यापटपको गलत प्रयोग कम्मर र गर्धनको दुखाइको कारण बनिरहेको छ ।

एक अध्ययनको अनुसार अधिकांश मानिसहरु ल्यापटप र मोबाइलको गलत प्रयोगले गर्धन र कम्मरको बिरामी भएको पत्ता लागेको छ । यसको गलत प्रयोगले गर्धको र कम्मरको दुख्ने बिरामी दिनदिनै बढिरहेका छन् । हामी अधिकांश कामहरु घर तथा अफिसमा लामो समयसम्म एकै पोजिसनमा बसेर कम्प्युटर र मोबाइल गरिराखेका हुन्छौ ।

कसरी बच्ने ?
यदि तपाई घर तथा अफिसमा धेरै ल्यापटप र मोबाइलको प्रयोग गर्नुहुन्छ भने यी कुरामा विशेष ध्यान दिन जरुरी छ । हेर्नुस्

१. कम्प्युटरको स्क्रिीनभन्दा आफ्नो आँखा ८० सेन्टीमिटर टाढा राख्नुपर्छ ।

२.फोन गर्दा मोबाइललाई कान र काँधको बीचमा राखेर कुराकानी गर्नुपर्छ । त्यसका लागी ईयरफोनको प्रयोग बढी लाभदायक हुन्छ ।

३. फोन वा ल्यापटप चलाउदाँ हरेक २० मिनेटमा केही टाढा दुरी वा शरिरको पोजिसनलाई परिवर्तन गर्नुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *