जाह्नवी कपूर ‘दोस्ताना २’ को शूटिङको लागी गइन पञ्जाब, गोल्डेन टेम्पलबाट सेयर गरिन् यस्तो सुन्दर तस्विर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडमा फिल्म धडक बाट डेब्यू गरेकी अभिनेत्री जाह्नवी कपूरको अहिले लाखौ फ्यानहरु छन् । जसले गर्दा जाह्नवीलाई बलिउड फिल्मको लाइन लागेको छ । अहिले उनी आगामी फिल्म ‘दोस्ताना २’ को शूटिङ शुरु गर्दैछिन् । तर त्यो भन्दा पहिले उनी अमृतसरको स्वर्ण मन्दिरमा गएर आर्शीवाद लिएकी छिन् । फिल्ममा उनी अभिनेता कात्तिक आर्यनको साथमा देखिदैछिन् । यो फिल्मको शुटिङ चाँडै पञ्जाबमा सुरु हुदैँछ । शुटिङ शुरु गर्नुअघि जाह्नवीले गोल्डेन टेम्पलबाट आर्शिवाद लिएर तस्विर सेयर गरेकी छिन् । तस्विरमा उनी निकै सुन्दर देखिएकी छिन् ।

‘दोस्ताना २’ २००८ मा रिलिज भएको फिल्म दोस्तानाको सिक्वेल हो । यस फिल्ममा प्रियंका चोपडा , जोन अब्राहिम र अभिषेक बच्चनको साथै जाह्नवी र कात्तिक र लक्ष्य मुख्य भूमिकामा देखिदैन् । जाह्नही अब चाँडै गुन्जन सक्सेनाको बायोपिकमा पनि देखिदैछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *