केकी अधिकारीको नयाँ फिल्म ‘चालबाज’ को छायांकन सुरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । कैलाश राईको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘चालबाज’ को औपचारिक रुपमा छायांकन सुरु भएको छ । यो फिल्मको शनिबार दार्जिलिङबाट छायाकंन सुरु गरिएको हो । फिल्ममा अरुण तामाङको लगानी रहेको छ ।

सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा निर्माण हुने लागेको फिल्ममा कमल राई र रामजी लामिछानेको कोरियोग्राफी , अगोम गुरुङको संगीत र विपिन किरणको लेखन रहेको छ । सस्पेन्स लभस्टोरी कथामा निर्माण हुन लागेको फिल्ममा केकी अधिकारी, वुद्धि तामाङ र नव नायक अविनाश प्रधानको मुख्य भूमिका रहेको छ । फिल्ममा अन्य कलाकारहरुमा महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङ लगायत रहेका छन् । यो फिल्मलाई सौरभ लामाले खिच्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *