चिसो मौसममा ओठ फुट्ने समस्या छ ? त्यसोभए अपनाउनुस् यी ५ घरेलु उपाय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चिसो मौसम सुरु भएसँगै मानिसहरुमा विभिन्न स्वास्थ्य सम्बन्धी समस्याहरु देखिन थालेका छन् । जसमध्येको एक ओठ फुट्ने समस्या हो । यदि हाम्रो ओठ फुटेमा पोल्ने , बोल्न नहुने , खाना खान गाह्रो हुने र अरुको छेउमा मुख देखाएर हिड्न निकै गाह्रो हुन्छ । त्यति मात्र होइन् , केही मानिसहरुको ओठ फुटेपछि रगत समेत बग्न सुरु हुन्छ । त्यसैले आज हामी ओठ फुटेमा घरमै कसरी निको पार्ने भनेर नयाँ उपाय सिकाउदै छौँ ।हेर्नुस्

-चिसो मौसममा ओठ फुट्ने धेरै सम्भावता भएकाले बाहिर निस्कदाँ चिल्लो पदार्थहरु मह, घीउ, नरिवलको तेल, दूधको तर वा लिप गार्ड लगाएर मात्र निस्कनुपर्छ ।

-ओठ फुट्ने समस्या भएका ब्यक्तिहरुले भुलेर पनि ओठमा जिब्रोले चलाउनु हुदैन् । यदि जिब्रोले बारम्बार ओठ छोएमा पनि सुख्खा भई फुट्छ ।

-जाडोको समयमा ओठ मात्र होइन् , छाला पनि फुट्ने भएकाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

-बाहिर बजारमा पाइने विभिन्न प्रकारको क्रिम पनि ओठमा लगाउनु हुदैन् ।

-चिसोको समयमा धेरै धुम्रपान र मद्यपान गर्नाले पनि ओठ फुट्ने समस्या देखा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *