आमिर खान फेरी देखिए यस्तो लुकमा ,चिन्न निकै गाह्रो ! हेर्नुस् तस्विर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडको अभिनेता आमिर खान आफ्नो फिल्मको लुकलाई लिएर अहिले निकै चर्चामा छन् । प्रत्येक फिल्ममा फरक भूमिका निभाउनको लागी आमिरले कुनै पनि कसूर बाँकी राखेका छैनन् । चाहेँ तौल बढाएर होस् या घटाएर होस् । यसैबीच आमिरको एक फिल्म रिलिज हुने तयारीमा छ । जसको नाम ‘लाल सिंह चड्ढा’ हो ।

अब फिल्म रिलिज हुन केही महिना मात्र बाँकी छ । अहिलेसम्म फिल्मको टिजर पनि सार्वजनिक भएको छैन् । तर आमिरले फिल्म रिलिज हुनु केही समय अगाडि नै आफ्नो लुक सार्वजनिक गरेका छन् । तस्विरमा उनलाई चिन्न निकै गाह्रो छ । उनी तस्विरमा लामो कपाल ,लामो दाह्री र टोपी लगाएको देखिएका छन् । अहिले यो तस्विर सामाजिक सञ्जालमा भाइरल भएको छ । केही दिन अघि मात्र फिल्मको अफिसियर पोस्टर सार्वजनिक भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *