आज महानायक राजेश हमालको जन्मदिन , “पिर पर्यो” भन्दै लेखे यस्तो स्टाटस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महानायक राजेश हमालको आज जन्मदिन । ९ जून १९६४ मा जन्मिएका महानायक आज ५५ वर्ष पुगेका छन् । तर, हमालको फिटनेस हेर्दा उनी अझै युवा नै छन् । उनी आफैंले पनि आफ्नो उमेर ढल्केको भन्न रुचाउँदैनन् । त्यसैले उनले आज आफू २५ वर्षको भएको भनेका छन् ।

उनले हिजो राती ‘बर्थ डे इभ’को अवसरमा फोटो पोस्ट गरेका छन् । उनको पोस्टमा उल्लेख भएअनुसार उनी हिजो बेलुकी हरि पोखरेलको निम्तोमा पत्नी मधुसहित डिनरको लागि गएका थिए । उनले पोखरेललाई डिनरको लागि धन्यवाद दिएका छन् । उनले ‘भोलि २५ वर्ष पुग्ने भइयो पीर पर्यो’ लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *