चलचित्र “म यस्तो गीत गाउँछु २” को आज शुभ मुहुर्त , पल र पूजा फेरी पर्दामा देखिदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली चलचित्र “म यस्तो गीत गाउँछु २” को आज शुभ मुहुर्त गरिएको छ । घोषणा भएको लामो समयपछि चलचित्रको आज गोरखाको मनकामना मन्दिरमा चलचित्रका मुख्य कलाकार पल शाह र पुजा शर्मा सहित निमार्ण टिम पुगेर शुभ महुर्त गरेका हुन् । सुर्दशन थापा निर्देशित यस चलचित्रमा यसअघि कलाकार को रहने भन्ने टुङ्गो लागेको थिएन् । तर आज चलचित्रको शुभ मुहर्त गदै म यस्तो गीत गाउछु कै जोडी पल र पुजा दोहोरिने पक्का भएको हो ।

 

यो चलचित्र फाल्गुन २३ लाई रिलिज डेट तोकेको छ । निमार्ण टिमका अनुसार चलचित्र भदौ बाट छायांकनमा जादै छ । हाल उनको नयाँ चलचित्र समालिन्छ कहिले मन प्रर्दशनको तयारमा छ । यो चलचित्रमा नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्मा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *