नेपालको प्रथम नायिका भुवन चन्दको ‘साइनो’सँग २ फिल्मको भिडन्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । आजबाट शुक्रबारबाट हलमा ३ फिल्म रिलिज भएको छ । नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्दको ‘साइनो, राजेन्द्र त्रिपाठीको ‘रे’ र शंकर अधिकारीको निर्देशन रहेको फिल्म ‘काँचुली’आजबाट हलमा लागेको हो । यी तिनै फिल्म कथावस्तु ,कलाकार सबै हिसाबले एकदमै दह्रो छ । त्यसैले अहिले यी ३ फिल्मको ठुलो व्यापारिक प्रतिस्पर्धा रहेको छ ।

आजबाट रिलिज भएको फिल्म ‘साइनो, लाई रमेश थापाले निर्देशन गरेका हुन् । फिल्ममा नीता ढुंगाना, मिरुना मगर, नव नायक राज कुमार, राजा राजेन्द्र पोखरेल, भुवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई लगायतका थुप्रै कलकारको अभिनय रहेको छ ।

त्यस्तै अर्को प्रेम र एक्सनमा बनेको (राते काइला)सुनिल थापा अभिनित फिल्म रे पनि एकदमै राम्रो रहेको निमार्ण टिमले बताएका छन्। दिनेश पौडेलले निर्देशन गरेको फिल्ममा सुनिल थापासँगै, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशी लगायतका कलाकारको अभिनय रहेको छ ।

त्यस्तै,आजैबाट रिलिज भएको फिल्म ‘काँचुली’को पनि कथा र अभिनय दुवै हिसाबले बलियो रहेको छ । शंकर अधिकारी घायलको निर्देशन रहेको फिल्ममा ईश्वर खाती, शुभेच्छा थापा, रश्मि भट्ट, रबिन श्री, राजन महर्जन, रिजन बिसुन्खे लगायतका कलाकारले अभिनय गरेका छन् । त्यसैले यी तीन फिल्ममध्ये कसले कस्तो ब्यापार गर्ला । त्यो भने हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *