‘सेल्फी किङ’ को औपचारिक निर्माणको घोषणा ,चलचित्रमा विपिन र लक्ष्मीको जोडी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘सेल्फी किङ’ को औपचारिक निर्माणको घोषणा भएको छ । चलचित्रको राजधानीमा एक कार्यक्रमको बीच निर्माणटीम र अन्य कलाकारहरुको उपस्थितिमा घोषणा गरिएको हो । यो चलचित्रमा भर्सटायल नायक विपिन कार्की प्रमुख भूमिकामा देखिदैछन् । उनको जोडीको रुपमा लक्ष्मी बर्देवा रहनेछिन् । चलचित्रमा रहने आइटम गितमा नायिका केकी अधिकारीले डान्स गर्ने बताएको छ । तर यसअघि स्वस्तिमा खड्काले डान्स गर्ने चर्चा चलेको थियो ।

‘सेल्फी किङ’लाई ‘प्रसाद’ का निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले निर्माण गदैछन् । प्रवल कोइराला र राजेश विशुरल चलचित्रको सह निर्माता हुन् । यस चलचित्रमा विशाल सापकोटाको निर्देशन रहनेछ । यस चलचित्रबाट विशाल निर्देशनमा डेब्यू गरेका हुन् ।

चलचित्रमा सुशन प्रजापतिको छायाकंन ,जीवन थापाको सम्पादन , निर्मल लामाको कोरियोग्राफी, सुवास भुषालको संगीत , अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको गायन र सापकोटा स्वयंको कथा निर्देशन रहेको छ । चलचित्रमा भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *