यी हुन् आफ्नै सम्पत्ति कति छ भनेर थाहा नपाउने प्रविधि जगतका अर्बपति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । यो संसारमा यस्ता अचम्मका अर्वपति ब्यक्तिहरु पनि रहेका छन् । जसलाई आफ्नो सम्पति कति छ भने थाहा छैन् । उनको नाम एलोन मस्क हो । उनी टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । उनलाई प्रविधी जगतका अर्वपति भनेर पनि चिनिन्छ ।

अहिले उनी विश्वको ३८ औ सर्वाधिक धनी ब्यक्ति हुन् । ब्लुम्बर्गको अर्बपति सूची अनुसार उनको कुल सम्पत्ति २४ अर्ब ६० करोड डलर रहेको छ । उनले आफु विरुद्ध लागेको एक मुद्धाको सुनुवाईको क्रममा अदालतमा तपाईको कति सम्पत्ति छ भनेर सोधिएको प्रश्नमा , आफ्नो सम्पत्ति कति छ र आफुसँग नगद कति छ भन्ने थाहा नभएको बताएका थिए । आफ्नो सम्पत्ति दिनहुँ घटबढ हुने भएकाले थाहा नहुने बताए । साथै उनको मुख्य दुई कम्पनी टेस्ला र स्पेस एक्समा आफ्नो शेयर रहेको र त्यहीँ शेयर धितो राखेर ऋण पनि लिएको बताएका छन् । त्यसैले आफुसँग खासै धेरै नगद नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *