मुटु स्वास्थ्य र ब्लड प्रेशरको नियन्त्रण गर्न खानुस् चुकन्दर , यस्ता छन् अन्य फाइदाहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चुकन्दर स्वास्थ्यको लागी एकदमै फाइदाजनक फल हो । यो हल्का रातो रगंको हुन्छ । चुकन्दरको रस जिम गर्ने मानिसहरुको लागी पनि राम्रो हुन्छ । यसले रक्तचापलाई कम गरी रक्त सञ्चार राम्ररी गराउँछ । यसमा आइरन ,म्याग्जिन, भिटामिन सि ,फोलेट र फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसलाई सलादको रुपमा पनि खाने गरिन्छ ।

चुकन्दर खानुको फाइदाहरु

-चुकन्दरमा एक एन्टीअक्सिाइडेट हुन्छ , जसले ग्लुकोजको स्तर कम गर्न मदत गर्दछ ।

-एक कप चुकन्दरमा ३.८१ ग्राम फाइबार पाइन्छ ,जसले पाचन र स्वास्थ्य राख्नको लागी मदत गर्दछ ।

-चुकन्दरको रस ब्यायाम तथा अन्य विभिन्न किसिमका बाहिर काम गर्ने मानिसको लागी लाभदायक हुन्छ ।

-उच्च रक्तचाप भएको ६८ मानिसमा २०१५ मा गरिएको अध्ययन अनुसार प्रत्येक दिन २५० मिलिलिटर चुकन्दरको रस पिउदा प्रभावकारी देखिएको छ । यो अध्ययनबाट चुकन्दरको रसले रक्तचापको कमी भएको पाइएको छ । यसले क्यान्सरको खतरालाई पनि कम गर्ने अध्ययनले पत्ता लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *