‘झिँगेदाउ’ मा केकी अधिकारी देखिइन् यस्तो लुक्समा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनिरहेको फिल्म ‘झिँगेदाउ’ मा केकी अधिकारीको लुक्स सार्वजनिक भएको छ । तस्विरमा केकीलाई निकै फरक लुक्समा देख्न सकिन्छ । तस्विरमा उनी सिउँदोमा सिन्दुर, हातमा रातो चुरा, गलामा हरियो पोते र रातो चौबन्दी चोलीमा ऐनामा हेर्दै गरेको देखिएकी छिन् । फिल्ममा उनलाई एक विवाहित महिलाको भूमिकामा देख्न सकिने अनुमान लगाउन सकिन्छ । यसअघि नायिका आँचल शर्माको पनि लुक सार्वजनिक भैसकेको छ ।

अहिले ‘झिँगेदाउ’ को भकुन्डेबेसीमा छायाकंन भइरहेको छ । त्यहाँ फिल्मको छायाकंनको लागी भब्य सेट तयार पारिएको छ । यसअघि खोटाङको हलेसीमा फिल्मको केही अंश छायाकंन भएको थियो । अहिले त्यहाँको छायाकंन सकेर निर्माणटि र कलाकार भकुन्डेबेसी झरेको हो । यो फिल्म साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर लागेको हो । फिल्मका निर्माता निर्देशक देउजा स्वयं हुन् ।

कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण भैरहेको फिल्ममा प्रदीप भारद्धाजको पटकथा एवं संवाद र अर्जुन पोखरेलले संगीत रहेको छ । यो फिल्मलाई विष्णु कल्पितले खिचिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *