पोर्चुगलले जित्यो नेसन्स लिगको उपाधि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
काठमाडौंः क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले पहिलो संस्करणको युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ ।आइतबार राति भएको फाइनलमा नेदरल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै पोर्चुगल च्याम्पियन बनेको हो । पोर्चुगलको जितमा गोन्कालो गुएडेस नायक बने । घरेलु मैदान पोर्टोमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा गुएडेसले निर्णायक गोल गरेका थिए । बर्नार्डो सिल्भाको पासमा उनले निर्णायक गोल गरेका थिए ।

यसअघि पोर्चुगलले स्विजरल्याण्डलाई हराएर फाइनलमा स्थान बनाएको थियो । यस्तै नेदरल्याण्डले इंग्ल्याण्डको चुनौती समाप्त गरेको थियो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी पोर्चुगलका बर्नार्डो सिल्भा घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *