टमाटरको प्रयोग गरेर घरैमा यसरी बनाउनुस् आफ्नो अनुहारलाई सुन्दर ,पार्लर जानै पर्दैन(४विधीसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाठौँ । टमाटर हाम्रो भान्सामा तरकारीको स्वादको लागी अति आवश्यक चिज हो । किनभने यसको दैनिक सेवनले हामीलाई सुर्यको हानिकारण किरणबाट पनि बचाउने एक अध्ययनले जनाएको छ ।त्यस्तै डाक्टरहरुको अनुसार पनि टमाटर दैनिक खानाले अनुहारमा भएको विभिन्न किसिमका समस्याहरु हटेर सफा ,सुन्दर र चमकता आउनेछ । आज हामी यही फाइदाजनको टमाटरको प्रयोग गरेर घरै बसेर आफ्नो अनुहारलाई कसरी सुन्दर बनाउने सिकाउदै छौँ । त्यसपछि पार्लर जानु पनि पर्दैन् । पैसा पनि खर्च हुदैन् । हेरौ ४ घरेलुविधी

पहिलो विधी, (टमाटर र निबुवा)
सबैभन्दा पहिले एउटा कचौरामा टमाटरको भित्री रस (गुदी) र निबुवाको रसलाई चम्चाले राम्ररी मिक्स गर्नुस् । अनि उक्त फेस प्याकलाई दैनिक अनुहारमा लगाएर केही समयपछि सफा पानीले धुर्नुस् । त्यसपछि हेर्नुस् , तपाईको अनुहारमा भएको कालोे दाग , धब्बा हटेर कोमल र सुन्दर हुनेछ ।

दोस्रो विधी , (टमाटर , दही र निबुवा)
यसका लागी पनि एउटा कचौरामा टमाटरको रस , दहि र निबुवाको रसलाई चम्चाले राम्ररी मिक्स गरेर अनुहारमा लगाउनुस् । अनि अनुहारमा लगाएको केही समयपछि सफा पानीले धुनुस् । त्यसपछि हेर्नुस् , तपाईको अनुहार यसको दैनिक प्रयोगले कति सुन्दर हुनेछ । किनभने यो मिश्रणले छालालाई प्राकृतिक रुपमा सफा गर्दछ ।

तेस्रो विधी, (टमाटर र चिनी)
सबैभन्दा पहिले एउटा कचौरामा माथिको विधी जस्तै टमाटरको एक टुक्रा र चिनीलाई मिक्स गर्नुस् । अनि उक्त फेस प्याकलाई अनुहारमा लगाएर १० मिनेट त्यतिकै छोडिदिनुस् । १० मिनेटपछि सफा पानीले धुनुस् । वा टमाटर र चिनीको सट्टामा टमाटर र महँ पनि प्रयोग गर्न सक्नुहुन्छ । त्यसपछि तपाईको अनुहारमा नसोचेको चमकता आउनेछ । एकचोटि प्रयोग गरेर हेर्नुस् ।

चौथो विधी (टमाटर ,महँ र बेसन)
माथिकै जसरी नै एउटा कचौरामा टमाटरको रस , महँ ,बेसन , दाल ,पुदिनाको पातको पेष्ट बनाएर लगाउनुस् । यो अनुहारको लागी फाइदाजनक भएकाले रुखो छालालाई कोमल बनाएर सुन्दरता आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *