सात्तु खानुको यस्ता छन् ७ फाइदाहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गर्मीको समयमा सात्तु खानु अत्यन्तै फाइदाजनक हुन्छ । यसलाई हामीले घरमै भुटेको जौ ,मकै ,गहँु र चनालाई पिसेर बनाउछौँ । अनि उक्त पिठोलाई पानी ,चियाँ र अन्य तरल चिजहरुसँग घोलेर खान्छौँ । त्यसैले विशेषत सहरमा बस्ने मानिसहरुले सात्त्लाई खोजी खोजी खान्छन् । आज हामी यही लाभदायक सात्तु खानुको फाइदाहरु बताउदै छौँ । हेर्नुस्

१. सात्तुले लु लाग्नबाट बचाउछ । किनभने सात्तु खानाले शरिर र पेटलाई ठण्डा राख्छ । त्यसपछि लु लाग्दैन् ।

२. यदि शरिरमा रक्तअल्पता(एनेमिया) छ भने सात्तु दैनिक खानु लाभदायक हुन्छ । त्यस्तै यसमा पाइने मिनरल्स, आइरन, म्याग्नेसियम र फस्फोरसले शरिरमा उर्जा प्रदान गर्दछ ।

३. यदि दैनिक सात्तु खाएमा मधुमेह र मोटोपनलाई नियन्त्रण गर्दछ ।

४. त्यस्तै ,यदि शरिरमा उच्च रक्तचाप(हाई ब्लडप्रेसर) को समस्या छ भने सात्तुलाई पानीमा घोलेर नुन हालेर पिउदा पनि फाइदाजनक हुन्छ ।

५.यदि महिलाहरुले गर्भवस्था र महानावारीको समयमा सात्तु खायो भने एकदमै लाभदायक हुन्छ । किनभने सात्तुले भिटामिन्स र प्रोटिन्सको मात्रा पुरा गर्दछ ।

६. यदि दैनिक सात्तु खायो भने पाचन प्रणाली खराब हुने, कब्जियत, एसिडिटी र मुटुसँग सम्बन्धित रोगहरुबाट बच्न सकिन्छ ।

७.यदि तपाई लामो ,बाक्लो ,सुन्दर र कालो कपाल बनाउन चाहनुहुन्छ भने दैनिक रुपमा एक गिलास पानीमा सात्तु मिसाएर पिउनुपर्छ । त्यस्तै अनुहारमा समेत चमकता ल्याउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *