अभिनेत्री काजोलले अस्पतालमा भर्ना भएकी आमासँग फोटो शेयर गर्दै लेखिन यस्तो “यो मुस्कान जो तपाइँ देखिरहनु भएको छ, तपाईप्रति आभार ”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ।बलिउडकी चर्चित अभिनेत्री काजोलले अस्पतालमा भर्ना भएकी आमा तनुजासँग एक फोटो सेयर गरेकी छिन् । उनले आमासँगको फोटोको क्याप्सनमा ‘यो सबैका लागि धेरै धेरै धन्यवाद, जसले हाम्रो लागी प्रार्थना गर्यो । यो मुस्कान जो तपाइँ देखिरहनु भएको छ, तपाई प्रति आभार ।’भनेर लेखेकी छिन् । फोटोमा आमा छोरी नै मुस्कुराई रहेका छन् । तर आमा निकै कमजोर भएको देख्न सकिन्न्छ ।

केही समय अगाडि काजोलकी आमा तनुजालाई पेट दुखेपछि अस्पताल भर्ना गरिएको थियो। जहाँ उनको सर्जरी समेत भएको थियो । ७५ वर्षीया काजोलकी आमा केही समय अगाडिदेखि डायवर्टिकुलाका बिरामी थिइन् । यो डायवर्टिकुला भनेको शरीरका धेरै भाग सुन्निने बिरामी हो । त्यसपछि तनुजाको पेटको सर्जरी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *