औषधीय गुण भएको कपुरको यस्ता छन् ७ फाइदाहरु , कसरी प्रयोग गर्ने ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । कपुर सेतो अथवा पारदर्शी ठोस पदार्थ हो । औषधीय गुण भएको कपुरलाई पहिलेदेखि नै गाँउघरमा वर्षभरी मिहेनत गरेर जम्मा गरेको खाद्यान्नमा घून ,किरा र कमिलाहरु नलागोस् भनेर प्रयोग गरिन्छ । त्यसका साथै आयुवेर्दिक प्रयोजनको लागी पनि प्रयोग गरिन्छ । आज त्यही फाइदाजनक कपुरको फाइदाहरु बताउदै छौँ । हेर्नुस्

-यदि तपाईको ढाड दुखेको छ भने २ वटा कपुरमा कागतीको रस मिसाएर मन तातो पारेर लगायो भने निको हुन्छ ।

-यदि तपाईको दमको समस्या छ भने फुराएको हिङमा एउटा कपुर मिसाएर गोली जस्तो बनाएर विहान बेलुका खानुभयो भने यो समस्या निको हुन्छ । त्यस्तै तारपेनको तेल छातीमा लगाउदा पनि ठिक हुन्छ ।

-त्यस्तै सूठो, पिप्ला र मरिचसँग ३ वटा कपुर मिसाएर गोली बनाएर दैनिक चुस्नाले जस्तोसुकै पुरानो खोकी पनि निको हुन्छ । तर साधारण खोकीमा भने कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ ।

-दाँतमा किराले खाको प्वालमा कपुर हाल्नाले दाँत दुखेको निको हुन्छ । त्यस्तै मरिचको धूलो र कपुर बराबर पिधेर नियमित दाँत माज्झनाले पनि गिजा पाक्ने ,किराले खाएको र दाँत हल्लिने समस्याबाट बच्न सकिन्छ ।

-यदि तपाईको जीर्ण ,आउँ र बाथ जस्ता समस्या छ भने २ चक्की कपुरा आधा चम्चा सुठो एक गिलास पानीमा पकाएर खायो भने ठिक हुन्छ । त्यस्तै रायोको तेलमा एक चम्चा कपुर तताएर मालिस गर्दा पुरानो गठिया बाथ पनि निको हुन्छ ।

-त्यस्तै तपाईको निन्द्रा नलाग्ने र मुर्छा पर्ने समस्या छ भने फुराएको हिङमा एउटा कपुर मिसाएर तातोपानीसँग खादाँ यो समस्याबाट बच्न सकिन्छ ।

-र यदि ५ वटा कपुरमा एउटा गन्धकलाई मट्टीतेलमा मिसाएर दाद आएको ठाँउमा लगाउनुस् । त्यो पनि ठिक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *