चलचित्र ‘गीत गजल’को पोस्टरमा रोमान्टिक अवतारमा रुप र आरोही

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नीतिन चन्द निर्देशित दोस्रो चलचित्र ‘गीत गजल’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख नायक रुप पोखरेल र नायिका आरोही सिँहलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । यो चलचित्रले असोज २४ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ ।

त्यसैगरी चलचित्रका निर्देशक चन्दका अनुसार चलचित्रलाई सबै टिमले सक्दै मिहेनत गरेर बनाउने बताएका छन् । उनले यो भन्दा पहिले चलचित्र ‘जोनी जेन्टलम्यान’ निर्देशन गरेका थिए । यो चलचित्रमा नायक पल शाह र नायिका आँचल शर्मा रहेका छन् । अहिले चलचित्र ‘गीत गजल’बाट नयाँ कलाकार रुप र आरोहीले प्रवेश गरेका छन् । चलचित्रमा रुप र आरोहीसँगै रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली लगायतका थुपै कलाकारले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *