यस्तो बन्यो ‘काले दाई’ को ट्रेलर (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘काले दाई’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा प्रेममा जातले उत्पन्न गराउने द्धन्दलाई देखाउन खोजिएको छ । यो चलचित्र ‘पर्व’ मा समावेश चर्चित गीत ‘काले दाई’ को शिर्षक सापटी लिएर बनाइएको हो ।

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी रहेको छ । त्यस्तै चलचित्रमा इन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र शिव शर्मा निर्देशन रहेको छ । चलचित्रमा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतका थुप्रै कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्र असोज १७ गतेबाट रिलिज हुदैँछ । हेरौ ट्रेलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *