चलचित्र‘सेल्फी किङ’ को आज शुभमहर्त सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली  चलचित्र ‘सेल्फी किङ’ को आज शुभमहर्त गरिएको छ । चलचित्रको मुख्य कलाकार र निर्माण टिमको उपस्थितिमा शुभमहर्त गरिएको हो । चलचित्रमा नायक विपिन कार्कीको जोडीको रुपमा लक्ष्मी बर्देवा देखिदैछिन् ।

‘सेल्फी किङ’लाई ‘प्रसाद’ का निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले निर्माण गदैछन् । प्रवल कोइराला र राजेश विशुरल चलचित्रको सह निर्माता हुन् । यस चलचित्रमा विशाल सापकोटाको निर्देशन रहनेछ । यस चलचित्रबाट विशाल निर्देशनमा डेब्यू गरेका हुन् ।

चलचित्रमा सुशन प्रजापतिको छायाकंन ,जीवन थापाको सम्पादन , निर्मल लामाको कोरियोग्राफी, सुवास भुषालको संगीत , अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको गायन र सापकोटा स्वयंको कथा निर्देशन रहेको छ । चलचित्रमा भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *