क्यान्सरलाई जितेर १ वर्षपछि भारत फर्के अभिनेता ऋषि कपूर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउड अभिनेता ऋषि कपुर क्यान्सरलाई जितेर भारत फर्किएका छन् । गत १ वर्षदेखि अमेरिकाको न्यूयोर्क शहरमा उपचार गराइरहेका उनी मंगलबार भारत फर्किएका हुन् । उनलाई एर्पोटमा छोरा रणवीर कपूर र रिद्धिमा कपूरले स्वागत गरेका थिए । त्यसपछि एकअर्कामा खुसी बाडेका थिए ।

ऋषिको पछिल्लो फिल्म ‘झुठा कही का’ गत १९ जुलाइमा रिलिज भएको थियो । फिल्ममा ऋषिसँगै जिमी शेरगिल, लिलिट दुबे, ओमकार कपुर र मनोज जोशी पनि मुख्य भुमिकामा रहेको छन् ।फिल्मलाई समीप कांगले निर्देशन गरेका थिए । हाल उनलाई बलिउडका सेलीब्रटीहरुले सामाजिक सञ्जालमा शुभकामना दिइराखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *