अब पिसाबको रगंबाटै थाहा पाउन सकिन्छ, कुन रोग लाग्यो ? (जान्नुस्)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडाैँ । अंधिकाशले आफ्नो पिसाब कस्तो कलरको छ भनेर चेक गर्न मनपराउँदैनन् । केहिले आफ्नो पिसाब परिवर्तन भयो भने पानीको मात्रा कमी भएको भनेर पानीको मात्रालाई बढाउने गरेका छन्, तर पिसाब परिवर्तन हुनु भनेको पानीको मात्रा कमी हुनु भन्ने मात्र होइन । कुनै रोग वा बिरामीको कारणले गर्दा पनि पिसाबको रगं परिवर्तन हुन्छ । आज हामी तपाईलाई कस्ता रगंको पिसाब भएमा कस्तो बिरामी वा रोगको संकेत हो भन्ने बारे बताउँदैछौं ।

१.पहेलो रगंको पिसाब
पहेलो रगंको पिसाबलाई निकै सामान्य रुपमा लिइएको छ । तर यसलाई सामान्य रुपमा भने लिनु हुदैन् । यदि तपाईको शरीरमा तरल पदार्थ र पानीको कमी भएमा पहेलो रगंको पिसाब आउने गर्दछ । बारम्बार पहेलो पिसाब भइरहेमा गम्भीर समस्या समेत सिर्जना हुने कारण पहेलो पिसाब देख्ने बित्तिकै तरल पदार्थ वा पानीको मात्रालाई बढाउनुहोस् ।

२.हल्का रातो रंगको पिसाब
रातो रगंको पिसाब भएमा रक्तमा अनावश्यक तत्वहरूको उपस्थित भएको भनेर बुझ्नुपर्दछ । हल्का रातो रगंको पिसाब हुनुको कारण किड्नीको समस्या, मुत्राशय वा गर्भाशयमा समस्या हुदाँ वा प्रोटेस्ट गन्थिको कारणले हुनसक्छ । यस्तो पिसाब देख्ने बित्तिकै तुरुन्त विशेषज्ञ डाक्टर कहाँ गई जाच गराइ हाल्नुपर्दछ ।

३.गाढा रातो वा कालो रगंको पिसाब
यस्तो पिसाब देखिएमा स्वस्थ्यमा अनगिन्ती समस्या छन् भनेर बुझ्नुपर्दछ । लिवरको खराबी, गम्भीर संक्रमण, हेपेटाइटिस, ट्युमर, सिरोसिस वा अन्य गंभी रोगको कारणले यस्तो हुन्छ ।

४.सुन्तला रगंका पिसाब
अंधिकाश बिरामीलाई औषधी सेवन गर्दा सुन्तला रगंको पिसाब हुन्छ । यसबाहेक एसिडयुक्त पदार्थको सेवन गर्दा पनि यस्तो हुन्छ । सुन्तला रगंको पिसाब औषधी सेवन नगर्दा पनि हुन्छ भने तुरुन्त जाँच गराई हाल्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *