कपिल शर्मा बने बाबा , पत्नी गिन्नीले दिइन छोरीलाई जन्म

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । द कपिल शर्मा शोको होस्ट तथा कमेडियन कपिल शर्मा बाबा बनेका छन् । उनको पत्नी गिन्नी चरतथले छोरीको जन्म दिएकी छिन् । कपिलले ट्वीट गदै आफ्नो फ्यानहरुलाई यो खुसीको खबर जानकारी दिएका छन् ।

कपिलले मंगलबार विहान लगभग ५ बजे ट्वीट गदै ,“ बेबी गर्लको जन्म भयो , अब तपाईको आशिर्वादको खाँचो छ । जय माता दि ”लेखेका छन् । कपिल र गिन्नीको अघिल्लो वर्ष हिन्दू परम्परा अनुसार १२ डिसेम्बरमा विवाह भएको थियो ।

कपिललाई बाबा बनेपछि सबैभन्दा पहिले गुरु रंधावाले बधाई दिएका छन् । उनले “बधाई छ ,अब आधिकारिक रुपमा काका बनियो” भनेर लेखेका छन् । त्यसैगरी उनलाई सामाजिक सञ्जालमा धेरैले बधाई दिइराखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *