ब्लड शुगरको नियन्त्रण गर्न विहान दैनिक पिउनुस् नरिवल पानी र अम्बाको जुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । डायबिटिज एक यस्तो रोग हो , जब प्यांक्रियाजले पर्याप्त इंन्सुलिनको उत्पादन गर्न सक्दैन् । जसको कारण शरिरमा ब्लड सुगर अनिंयत्रित हुन्छ । यसले ब्लड सुगरको मात्र अचानक बढउँछ । डायिबिटिजले मुटु सम्बन्धी समस्या ,मोटाउने लगायतका शरिरमा विभिन्न प्रकारको रोगहरु देखा पर्दछ । डायबिटिजलाई साइलेन्ट किलरको नामले पनि चिनिन्छ । किनभने यसले शरिरलाई विस्तारै विस्तारै कमजोर बनाउँछ । यदि हामी डायबिटिजबाट बच्ने हो भने सन्तुलित भोजन र ब्यायाममा विशेष ध्यान दिन जरुरी छ । त्यसैले आज हामी तपाईलाई डाइबिटिजबाट बच्न के खाने भनेर सिकाउदै छौँ ।

मधुमेहको लागी नरिवल पानी
हाई ब्लड सुगरको कम गर्नको लागी नरिवलको पानी एकदमै फाइदाजनक हुन्छ । किनभने यसले शरिरमा पिएच स्तरको सन्तुलन बनाएर राख्न र मेटाबोलिज्मको कार्य क्षमता बढाउँछ । यसका साथै नरिवल पानीमा फाइबर र प्रोटिन जस्ता तत्वहरु प्रशस्त मात्रामा पाइन्छ । यसमा कम क्यालोरी ,कोलेस्ट्रोल मुक्त र हाइड्रेटिगं गुण हुन्छ ।

मधुमेहको लागी अम्बा
अम्बा मधुमेहको रोगीको लागी एकदमै लाभदायक फल हो । अम्बा विस्तारै विस्तारै पाचन हुने भएकाले ब्लड सुगरबाट बचाउँन मदत गर्दछ । यसमा क्यालोरी र सोडियमको मात्राको पनि कमी र फाइबर , पोटासियम प्रशस्त मात्रामा पाइन्छ । विज्ञहरुको अनुसार पनि अम्बा खाएमा मधुमेहबाट बच्न सकिन्छ । त्यसैले यसको जुस बनाएर दैनिक एक गिलास पिउनुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *