‘बिग ब्रदर’को फस्ट लुक सार्वजनिक ,आईपियस अफिसरको भूमिकामा देखिदै अरबाज खान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । मलयालम सुपरस्टार मोहनलालको फिल्म ‘बिग ब्रदर’को पोस्टर सार्वजनिक भएको छ । यस पोस्टरमा हिन्दी सिनेमाको अभिनेता ,निर्देशक तथा निर्माता अरबाज खान पनि देखिएका छन् । मोहनलाले आफ्नो फिल्मको केही पोस्टरहरु रिलिज गरिसकेका छन् । जसमा उनी पनि देखिएका छन् । उनी भर्खरै सार्वजनिक भएको पोस्टरमा पनि अरबाज खानको साथमा देखिएका छन् । यो फिल्ममा अबराज एक आईपिएस अफिसरको भूमिकामा देखिदैछन् ।

हाल यो फिल्मको शूटिङ ब्याङलोरमा भइरहेको छ । यस फिल्ममा मोहनलाल र अबराजको अलवा अनूप मेनन ,विष्णु उन्नीकृष्णनन र सर्जानो खालिद प्रमुख भूमिकामा रहेका छन् । पोस्टरका साथै फिल्मको एक मोसन पोस्टर समेत रिलिज भएको छ । मोशन पोस्टरमा पनि मोहनलाल देखिएका छन् । फिल्मको लेखन तथा निर्देशन सिद्धीले गरेका हुन् । यो मोहनलाल र सिद्धीको एकसाथ काम गरेको तेस्रो फिल्म हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *