फराकिलो छाती र आकर्षक बडी बनाउन चाहनुहुन्छ ? त्यसोभए विहान दैनिक गर्नुस् यी ४ एक्सरसाइज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । फराकिलो छाती र काँध बनाउने अधिकाशं पुरुषहरुको चाहना हुन्छ । त्यस्तै महिलाहरुमा सुन्दर ,लामो कपाल र स्लिम बडी बनाउने चाहना हुन्छ । त्यसरी नै राम्रो ब्यक्तित्वको लागी आकर्षक बडी ,फराकिलो छाती र एब्सको जरुरी हुन्छ । यदि तपाई पनि आकर्षक बडी बनाउन चाहनुहुन्छ भने केही राम्रो शारिरिक कसरत गर्नुपर्दछ । फिटनेट विज्ञहरुको अनुसार शरिरलाई स्वास्थ्य र मजबुत बनाउनको लागी उमेर बढ्दै जादाँ यस्ता ब्यायाम गर्न आवश्यक छ ।

१. बारबेल चेस्ट प्रेस
बारबेल चेस्ट प्रेसमा डम्बल मेसिनको सहायताले चेस्टलाई प्रेस गर्न सकिन्छ । यो फिटनेसको लागी एक राम्रो ब्यायाम हो । यदि दैनिक विहान यो ब्यायाम गर्यो भने छाती फराकिलो र शरिर मजबुत हुन्छ । यो ब्यायाम गर्नाले काँध र पिठ्यूको साथमा पेटको मांसपेशी पनि बलियो बन्नेछ ।

यो ब्यायाम गर्नको लागी तपाई बेन्चमा पिठ्यूको सहराले ढल्नुस् । अब आफ्नो खुट्टालाई सिधा बनाएर बारबेलको सहायताले चेस्टको तल र माथि गर्नुस् ।

२. वाइड ग्रिप पुल अप
पुल अप एक फिटनेसको लागी गरिने ब्यायाम हो । यसले काँध , हात , छाती र पिठ्यूको मांसपेशीलाई बलियो बनाउन मदत गर्दछ । यसलाई खेलमा पनि प्रयोग गरिन्छ ।

वाइड ग्रिप पुलअप गर्दा नाम जस्तै तपाईको दुवै हात सिधा बनाएर फैलाउनुस् । त्यसपछि पुल अप गर्नुस् । यो ५ देखि करिब १० ,१२ तरिकाको हुन्छ ।

३. मिलिट्री प्रेस
छाती र पिठ्यू जोड्नको लागी यो एकदमै फाइदाजनक ब्यायाम हो । यसले तपाईको शक्ति र मांसपेशीलाई आकर्षक बनाउन मदत गर्दछ ।

त्यसका लागी हामीले सुरुवातमा स्मिथ मेसिनलाई तयार पार्नु पर्दछ । तर त्यसमा लागेको बार्बेल आफ्नो क्षमता अनुसार राख्नुपर्दछ । त्यसपछि यसलाई तपाईले आफ्नो काँधको २ देखि ३ इन्च बाहिर राखेर माथि उठाएर केही सेकेन्ड छोड्नुस् । एकपछि तपाई पहिलेकै स्थितिमा आउनुस् । ध्यान राख्नुस् बार्बेल तपाईको चिउडो नजिक हुनुपर्छ । यसरी नै दैनिक यो ब्यायाम गरेमा एक महिनामा तपाईको बडी आकर्षक बन्नेछ ।

४. चेस्ट फ्लाई
यसलाई चेस्ट फ्लाई वा पिक फ्लाई पनि भनिन्छ । यसले एक ओपन चेस्टलाई बढाउने काम गर्छ । यसले शरिरको मांसपेशी बलियो बनाउनको साथै काँधलाई मजबुत बनाउन मदत गर्छ ।

त्यसका लागी एक फ्लाई मेशिनको आवश्यकता पर्दछ । त्यसपछि हामी उक्त मेसिनमा मिलाएर बस्नुपर्दछ । अनि त्यसका ह्यान्डलमा समातेर छातीमा प्रेस गर्नुपर्दछ । यसरी नै केही समय ह्यान्डलाई समातेर छातीको नजिक ल्याउनुस् । तर विचार गर्नुस् तपाईको हातको बीच केही इन्च दुरी राख्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *