सलमान खानको फिल्म ‘दबंग ३’ को नयाँ पोस्टर सार्वजनिक , चुलबुल पाण्डेले देखाए एब्स

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । सलमान खानको फिल्म ‘दबंग ३’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । यो पोस्टर अभिनेत्री सई मांजरेकरले आफ्नो इंस्टाग्राममा सेयर गरेकी छिन् । तस्विर सेयर गदै सईले क्याप्सनमा “फिल्म यस दशकको सबैभन्दा ठुलो र सबैभन्दा नराम्रो लडाई” भनेर लेखेकी छिन् ।

यो तस्विर दबंगको क्लामेक्स सिनको हो । यो सिन खिच्न लगभग तिन हप्ता लागेको थियो । जसमा सलमानले शट फुकालेर आफ्नो एब्स देखाएका छन् । सई यो फिल्मबाट बलिउडमा डेब्यू गरेकी हुन् । उनी चर्चित अभिनेता तथा निर्देशक महेश मांजरेकरको छोरी हुन् ।

यो दबंगको तेस्रो सिरिजमा दक्षिण भारतीय सुपरस्टार किच्चा सुदिपको पनि अभिनय रहेको छ । उनी दबंग ३ मा प्रमुख भिलेनको भूमिकामा देखिदैछन् । पोस्टरमा सलमानसँगै किच्चा पनि देखिएका छन् ।

यो फिल्मलाई प्रभु देवाले निर्देशन गरेका हुन् । फिल्ममा सलमान र सुदिपसँगै सोनाक्षी , अबराज खानको मुख्य भूमिका रहेको छ । यो फिल्म २० डिसेम्बरमा सिनेमाघरमा रिलिज हुदैँछ । दबंगको पहिलो र दोस्रो सिरिज बक्सअफिसमा सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *