दिपिका पादुकोणको फिल्म ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । दिपिका पादुकोणको फिल्म ‘छपाक’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा दिपिकालाई अन्य फिल्ममा भन्दा विलकुलै फरक अवतारमा देख्न सकिन्छ । उनी फिल्ममा एसिड आक्रमणमा परेकी पिडित युवती मालतीको भूमिकामा देखिदैछिन् । फिल्ममा विक्रान्त दिपिकाको ओपजिट रोलमा छन् । अहिले फिल्मको ट्रेलर सामाजिक सञ्जालमा धेरै दर्शकहरुले मन पराएका छन् । फिल्मको पोस्टर यसअघि नै सार्वजनिक भैसकेको छ ।

यो फिल्म एसिड आक्रमणबाट बचेकी एक युवती लक्ष्मी अग्रवालको वास्तविक कथामा आधारित रहेको छ । दिपिकाले त्यही लक्ष्मी अग्रवालको पिडित केटीको भूमिका निर्वाह गरेकी छिन् । फिल्मको निर्देशन मेघना गुलजारले गरेका हुन् । यो फिल्म १० जनवरी २०२० मा रिलिज हुदैँछ ।हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *