बच्चाले कति समयसम्म र कति दुरी टाढाबाट हेर्नुपर्छ टिभी ? जसले आँखामा असर नपरोस्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ।अधिकांश आमाबाबु बच्चाले टिभी धेरै हेरेर हैरान भएका हुन्छन् । आमाबाबुले हेर्न नदिदाँ पनि जिद्दी गरेर भएपनि हेर्ने गर्दछन् । अझ कोही बच्चाहरु टिभी नहेरिकन खाना पनि खादैनन् । तर टिभीको अगाडि बच्चा बस्नु कतिको सही हो ,कति फिट दुरीमा बस्न पर्छ ,धेरै मानिसहरुलाई थाहा छैन् ।

यद्यपि बच्चाहरु टिभीमा आउने शो र कार्टुन हेर्न निकै कोसिस गर्छन् । तर टिभीको लतले बच्चालाई आँखा र मतिष्कमा सिधै असर पार्दछ । जसले गर्दा आमाबाबुले बच्चालाई टिभी हेर्न दिदैनन् । तर बच्चाको रुने र जिद्दी गर्ने पिरले नर्कान सकिदैन् । त्यसैले कति लामो समय र कति दुरी टाढाबाट टिभी हेर्नपर्छ ।

किनभने टिभीको नजिक बसेर लामो समयसम्म हेर्दा आँखामा नकरात्मक असर पर्दछ । यसले ओबेसिटी लेवलमा फरक परी , बच्चाको निन्द्रामा असर पुर्याउँछ । त्यसका साथै आँखामा थकावट र टाउको , गर्धनको दुखाई महसुस हुन्छ ।

ब्लू लाइट
आजकाल बजारमा एलईडी टिभी धेरै सङख्यामा पाइन्छ । यो टिभीलाई मानिसहरु केही असर नगर्ने सोच्दछन् । तर एलईडी टिभीबाट निस्कने ब्लू लाइट आँखाको लागी निकै खतरनाक हुन्छ । यो लाइटले आँखाको रेटिनामा सिधै असर परी दृष्टि कमजोर हुन्छ ।

आमाबाबुले बच्चाहरुले टिभी हेर्नु अघि बच्चाको आँखा ठिक छ छैन् चेक गर्नुपर्छ । त्यसैले टिभी हेर्दा बच्चाले ८ देखि १० फिट दुरीमा बस्न जरुरी छ । यति टाढा बस्दा आँखामा केही असर पदैन् । यसको अलवा लगातार टिभी हेर्दा आँखामा मात्रै होइन् ,गर्धन र शरिरको पुरै भागमा दुखाई हुनेछ ।

बीचमा ब्रेक लिने
यदि बच्चा लामो समयसम्म टिभी हेर्न मन गर्छ भने बिच बिचमा ब्रेक लिदै हेर्न लगाउनुपर्छ । साथै ३ वर्षभन्दा कम उमेरको बच्चालाई टिभी हेर्न दिनु हुदैँन् ।

बिरामीको खतरा
बच्चालाई दिनमा एक घण्टाभन्दा बढी टिभी हेर्न दिनु हुदैँन् । एक घण्टाभन्दा बढी टिभी हेरेमा आँखामा असर पर्दछ । त्यसका साथै शरिरमा रक्तचाप बढ्ने ,मोटोपना, क्यान्सर जस्तो खतरा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *