एमबाप्पे रियल मड्रिड आउँदै !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः पिएसजीका सुपरस्टार केलियन एमबाप्पे रियल मड्रिड आउने सम्भावना बढेको छ । उनले क्लब छाड्ने तयारी गरेको समचार बाहिरिएको छ । पिएसजीमा निराश रहेका एमबाप्पे रियल आउने तयारीमा रहेको बताइएको छ ।

केही समयअघि लिग वानमा सिजनको उत्कृष्ट खेलाडीको अवार्ड ग्रहण गर्ने समारोहमा बोल्दै क्लब छोड्ने संकेत गरेका थिए । रियलमा जिनेदिन जिदान फर्किएपछि उनले एमबाप्पे भित्र्याउन कसरत गरेको बताइएको छ ।

‘एबिसी’ मा प्रकाशित समचार अनुसार जिदान र एमबाप्पे दुवै फ्रान्सकै भएकाले एमबाप्पे रियल आउने सम्भावना रहेको बताइएको छ । पिएसजीमा पाएको सेवा–सुविधाका कारण उनी निराश रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *