प्रकाश सपुतको गलबन्दीले बनायो नयाँ रेकर्ड , छोटो समयमै करोड भन्दा बढी भ्युज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । पछिल्लो समय युटुबको शीर्ष स्थानमा रहेको प्रकाश सपुतको गलबन्दीले करोड भ्युज पाएको छ । यो गीतले युटुबमा आजसम्म १६ दिनमा नै करोड भन्दा बढी भ्युज पाएको हो । यस गीतमा प्रकाश सपुत र चर्चित गायिका शान्ति श्री परियारको स्वर रहेको छ । यसअघि चर्चामा आएको बोल माया बोलको गीतमा पनि उनीहरु दुवैले स्वर दिएका थिए ।

त्यसैगरी प्रकाशकै निर्देशन रहेको भिडियोमा प्रकाससहित अञ्जली अधिकारीले अभिनय गरेकी थिइन् । त्यसैले अहिले अञ्जली पनि चर्चाको शिखरमा छिन् । त्यस्तै यो गीत अहिलेसम्मकै नेपाली संगीत क्षेत्रमा युट्युबमा अपलोड गरिएका गीतमध्ये सबैभन्दा छोटो अबधिमा एक करोड भ्युज प्राप्त गर्ने गीत बनेको छ । त्यसैले गलबन्दी लामो समयसम्म ट्रेन्डिङको नम्बर एकमा पर्न सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *