चलचित्र ‘न यता न उता’ काे ट्रेलर सार्बजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चलचित्र ‘न यता न उता’को ट्रेलर सार्बजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रको केही दृश्यहरु कमेडी देख्न सकिन्छ । चलचित्रमा मिराज रोशको कथा र बिशारद बस्नेत र मिराज आफैले निर्देशन गरेका छन् । त्यस्तै अरुण अशोक कुमारको छायाकंन ,गौतमराज खड्काको सम्पादन र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

त्यसैगरी चलचित्रमा अमित अर्याल, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन शर्माको लगानी रहेको छ । ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता रहेका छन् । चलचित्रमा ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समिर दिक्षित, वुद्दि तामाङ, रविन्द्र झा, राजाराम पौडेल, कमलमणि नेपाल, नम्रता सापकोटा, सिल्सा जिरेल, लुनिभा तुलाधर, राजन खतिवडा, जयनन्द लामा लगायतका थुप्रै कलाकारले अभिनय गरेका छन् । चलचित्र यही साउन १७ गतेबाट प्रदर्शनमा आउँदैछ ।हेरौ ट्रेलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *