औषधीय गुण भएको हिङ खानुको यस्ता छन् ७ फाइदाहरु ,कसरी प्रयोग गर्ने ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । औषधीय गुण भएको हिङ स्वास्थ्यको लागी एकदमै फाइदाजनक चिज हो । यो एउटा फेरुला वर्गका केही बहुवर्षीय पोथ्राहरूको जराबाट निकाल्ने खोटो हो । यो प्राय हिमाली क्षेत्रमा पाइन्छ । यसलाई मानिसहरु विभिन्न रोगहरुको उपचारको लागी सेवन गर्ने गर्छन् । हेरौ के के छन् यसका फाइदाहरु ,

-यदि तपाईको पेट घोच्ने ,दुख्ने र दिशा नलाग्ने समस्या छ भने हिङमा, जाइफल, केशर र मरिच १५,१५ ग्राम सबै बराबर पिनेर धूलो पारेर तातो पानी हालेर गोली जस्तो आकारको बनाउनुस् । अनि नियमित तातोपानीसँग खाएमा यी सबै समस्या हट्नेछ ।

-त्यस्तै आँपको कोयालाई आगोमा पोलेर भित्रको गुदी निकाल्नुस् । अनि त्यसमा हिङ र विरेनुन मिसाएर सिसीमा राखेर दिनको २ पटक तातोपानीसँग खानाले कब्जियत पनि निको हुन्छ ।

-यदि तपाईको कान दुख्ने, पिप आउने , खटिरा आउने समस्या छ भने ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, आधा चम्चा हिङ र १ चम्चा सिदेनून धूलो तताएर कालो पार्नुस् । अनि तेललाई मात्र छानेर सिसीमा राखेर विहान बेलुका कानमा ४ थोपा हाल्नाले कानको समस्याबाट पनि बच्न सकिन्छ ।

-यदि तपाईलाई दम रोग लागेको छ भने एक भाग हिङलाई फुराएर त्यसमा कपुरलाई पनि मिसाएर गोली जस्तो आकारको बनाउनुस् । अनि यो गोलीलाई दिनको २ गोली तातोपानीसँग खानुभयो भने दम रोग विस्तारै कम हुदै जानेछ । त्यस्तै तारपिनमा तेल छातीमा लगाउनाले पनि दम रोगबाट बच्न सकिन्छ ।

-त्यस्तै पेट सम्बन्धी समस्याहरु जस्तै ग्याष्ट्रिक, अमलपित्त, अजीर्ण र खाना अपच हुने समस्या छ भने ज्वानो, मरिच, पिप्ला, जिरा, सुठो, सिदेनून र अलिकति हिङ सबै बराबर मात्रामा धूलो बनाएर एकै ठाँउ मिसाउनुस् ।त्यसका लागी सबैभन्दा पहिले घ्यूमा हिङ फूराउने ,अनि सबै धूलोमा थोरै हर्रोको धुलो समेत मिसाएर तताउनुस् । अब यो मिक्सलाई सिसीमा राखेर दैनिक १ चम्चा तातोपानीसँग खानाले यो समस्याबाट बच्न सकिन्छ ।

-यदि तपाईको कम्मर दुख्ने समस्या पनि हिङले निको पार्छ । त्यसका लागी आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्नुस् । अनि कम्मर दुखेको बेला यो धुलोलाई मिश्रीसँग पानीमा पकाएर खानुस् ,विस्तारै दुखाई कम हुदै जानेछ ।

-हिस्टिरिया रोग लागेको ब्यक्तिलाई पनि हिङ फाइदाजनक हुन्छ । १ चिम्टी हिङ फुराएर १ चम्चा भाङको रसमा मिसाएर विहान बेलुका दैनिक खाएमा यो समस्याबाट पनि बच्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *