यी सुन्दरी युवती खुट्टा काटेपछि कसरी बनिन् कुशल डान्सर ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । खुट्टा मानवशरिरको एक महत्वपुर्ण अंग हो । किनभने खुट्टाले हामीलाई हिडडुल गरेर जहाँसुकै जान पनि मदत गर्छ । यदि हाम्र्रो खुट्टा भएन् भने जीवनको यात्रा पनि छोटो हुन्छ । तर आज हामी तपाईहरुलाई एक अचम्मको घटना सुनाउदै छौँ । एक युवतीको आफ्नो खुट्टा काटेपछि जीवनको लामो यात्राको सुरुवात गरेकी छिन् । अझ भन्नुपर्दा उनी खुट्टा काटेपछि एक कुशल नृत्यकर्मी बनेर चर्चित भएकी छिन् ।

ती युवती बेलायतीकी ३१ वर्षीय भिक्टोरिया मोडेस्टा हुन् । उनी सानैमा आमादेखि पनि अपलेलित भएकी थिइन् । त्यसको केही समयपछि उनको दुर्घटनामा परेर बाँया हिप र खुट्टामा समस्या परेको थियो । जसले गर्दा उनको आफुभित्रको प्रतिभा पछि परेको थियो । किनभने दुर्घटनाको कारण उनी हिडडुल गर्न नसक्ने भएकी थिइन् । त्यसपछि उनले डाक्टरलाई ५ वर्ष सम्म खुट्टा काट्न आग्रह गरिन् । तर डाक्टरले खुट्टामा झन समस्या हुने भन्दै काट्न मानेनन् । अन्तत २० वर्षको उमेरमा उनले आफ्नो खुट्टा काट्ने निर्नय गरेर खुट्टा काटिन् ।

त्यसपछि उनले आफ्नो नक्कली खुट्टाको सहायताले आफुलाई एक कुशल गायिका तथा डान्सरको रुपमा स्थापित गरेकी छिन् । हालै उनको भिक्टोरियाले पेरिसको क्रेजी हर्समा भएको एक प्रस्तुतिले व्यापक चर्चा भइरहेको छ । उनले एक पटक भनेकी थिइन् ,खुट्टा काटेपछि जीवनमा धेरै खुसी पाएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *