यस्तो बन्यो नेपालकी पहिलो नायिका भुवन चन्दद्वारा निर्मित चलचित्र ‘साइनो’ को ट्रेलर (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपालकी पहिलो नायिका भुवन चन्दद्वारा निर्मित चलचित्र ‘साइनो’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा निरुना मगर , निता ढुंगाना र राजकुमार बिचको गहिरो प्रेम सम्बन्धलाई देखाइएको छ । चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन , रामजी लामिछानेको कोरियोग्राफी र रमेश थापाले निर्देशन गरेका छन् ।

त्यस्तै चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानर निर्माण गरिएको चलचित्रको कथा अभिमन्यू (निरबी)लेखेका छ । चलचित्रमा निता ढुंगाना ,निरुना मगर, मिरुना गुरुङ , राजकुमार ,बसुन्धरा भुषाल , मदनदास श्रेष्ठ , धर्मेन्द्र आचार्य , राजा राजेन्द्र पोख्रेल लगायतका थुप्रै कलाकारले अभिनय गरेका छन् । चलचित्र साउन २४ गतेदेखि देशभर प्रदर्शन हुदैछ । हेरौ ट्रेलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *