चलचित्र ‘रातो टीका निधारमा’ को रिलिज मिति घोषणा, कहिले ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली चलचित्र ‘रातो टीका निधारमा’ को रिलिज मिति घोषणा भएको छ । चलचित्रको ‘मेरो माया के हो’ बोलको गीत सार्वजनिक भएको भोलिपल्ट निर्देशक अशोक शर्माले फेसबुकमा एक स्टाटस लेख्दै रिलिज मितीको जानकारी दिएका थिए । उहाँले स्टाटसमा ‘रातो टीका निधारमा’ असोज १० गते रिलिज हुनेछ ,दर्शकहरुको मायाको आशा राख्दछु लेख्दै जानकारी दिएका थिए ।

अशोक शर्मा आफ्नै लेखन र निर्देशन रहेको चलचित्रबाट उनको छोरा अंकित शर्माले डेब्यू गरेका छन् । किरण शर्मा र कृति शर्माले निर्माण गरेको चलचित्रमा अंकित शर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाहसँगै निता ढुङ्गना , खुम्बु खड्का ,बसुन्धारा भुसाल,रविन्द्र झा , शिवहरी पौडेल लगायतका थुप्रै कलाकारले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *