आज अभिनेता सुनील शेट्टीको जन्मदिन, सफल बिजनेसम्यान सुनिलको यस्तो छ ब्यक्तिगत जीवन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । आज बलिउडको अभिनेता सुनील शेट्टी जन्मदिन मनाउदै छन् । उनी ११ अग्रस्ट १९६१ मा भारतमा जन्मिएका थिए । उनले फिल्ममा कमेडी ,एक्सन,इमोसनल र नेगेटिभ सबै भूमिका निभाएर दर्शकको मन जितेका छन् । त्यति मात्र होइन् ,उनी सफल अभिनेताको साथै सफल विजनेसम्यान पनि हुन् ।जान्नुस् उनको जीवनसँग जोडिएको रोचक कुराहरु

उनको जन्म कर्नाटकको मैगंलोरमा भएको थियो । उनले आफ्नो फिल्म करियरको सुरुवात १९९२ ‘बलवान’ बाट गरेका थिए । उनले अहिलेसम्म १०० भन्दा बढी सुपरहिट फिल्ममा काम गरिसकेका छन् ।

क्रिकेटर बन्न चाहन्थे सुनील शेट्टी
सुनील शेट्टीले एक अन्तवार्तामा भनेका थिए , मेरो अभिनयमा कुनै पनि शोख थिएन् ,म देशको लागी एक राम्रो क्रिकेटर बन्ने दौरानमा थिए । अनि मैलै मार्सल आर्टस् पनि सिकेको थिए । तर मार्सल आट्सले मलाई एक एक्सन हिरो बनायो । मलाई साजित नाडियावाला र राजु मवानीले एक्सन हिरोमा अफर गरे ।त्यसपछि मैले विस्तारै एक्सनबाट कमेडी र नेगेटिभ भूमिकाहरु पनि निभाउन थाले ।

चर्चित विजनेसम्यान
सुनील शेट्टी फिल्मको साथ साथै विजनेसमा पनि सफल ब्यक्ति हुन् । उनी केही रेस्टुरेन्ट , क्लब र एडवेन्चर पार्कको मालिक हुन् । जसले गर्दा उनले फिल्मको अलवा विजनेसबाट पनि करोडौँ रुपैया कमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *