दयाहाङ राईको फिल्म ‘दयारानी’ को रिलिज डेट दोस्रो पटक पनि सर्यो ,कहिले हुन्छ रिलिज ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । माओत्से गुरुङ निर्देशित फिल्म ‘दयारानी’ को रिलिज डेट दोस्रो पटक पनि सरेको छ । सुरुवातमा फिल्मले आफ्नो रिलिज मिती जेठमा तोकेको थियो , तर पछि विभिन्न कारण देखाउदै फिल्मको रिलिज मिति साउन ३० लाई तोकिएको थियो । जुन डेटमा विकाश आचार्यको फिल्म हजार जुनीसम्म आउदै छ ।

तर अहिले फिल्मको तोकिएको मिति भन्दा ७ महिना पछि सार्दै फाल्गुण ९ गतेलाई रिलिज मिति तोकेको छ । फाल्गुण ९ गते फिल्म ‘आमा र लप्पन छप्पन २’ले रिलिज मिति तोकिसकेका छन् । फिल्ममा दयाहाङ राई र दिया पुनको प्रमुख भूमिका रहेको छ । त्यसका साथै विजय बराल,प्रमिसा गुरुङ, पुस्कर गुरुङ,टिकाराम घले लगायतका थुप्रै कलाकारले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *