‘चपली हाइट ३’ को औपचारिक निर्माणको घोषणा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली फिल्म‘चपली हाइट ’को सिक्वेल ‘चपली हाइट ३ ’ को औपचारिक निर्माणको घोषणा गरिएको छ । ‘फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्काले निर्देशन गर्ने फिल्मको राजधानीमा एक कार्यक्रमको बीच घोषणा गरिएको हो । यसअघि ‘चपली हाइट’ लाई दिपेन्द्र के खनालले निर्देशन गरेका थिए ।

‘चपली हाइट ३’ मा नायक आमिर गौतम र स्वस्तिमा खड्काको प्रमुख भूमिका रहेको छ । आमिरले यसअघि पहिलो भागमा अभिनय गरिसकेका छन् । फिल्ममा नायकको रुपमा महेश त्रिपाठीले डेब्यू गदैछन् । उनको जोडी स्वस्तिमा हुनेछिन् । अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले संयुक्त रुपमा निर्माण गर्ने फिल्ममा सुपुष्पा भट्ट र नव नायक प्रतिक श्रेष्ठको पनि अभिनय रहनेछ । यो फिल्म चैतमा प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

कार्यक्रममा निर्माता अर्जुन कुमारले आफूले निर्माण गर्ने तीन नयाँ फिल्मको समेत घोषणा गरेका छन् । उनले फाटेको जुत्ताको दोस्रो भाग ,बर्मजंगको भिडियो’ र ‘खै’ नामक फिल्म बनाउन लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *