‘सुर्य इन्टरनेशनल अवार्ड २०१९’ को घोषणा, अवार्ड कार्यक्रम नोभेम्बरमा हुदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । ‘सुर्य इन्टरनेशनल अवार्ड २०१९’ को घोषणा गरिएको छ । राजधानीमा एक कार्यक्रमको बीच विभिन्न विशिष्ट ब्यक्तिहरुको उपस्थितिमा अवार्ड आयोजक कम्पनि सुर्य कर्पोरेसन लिमिटेडक अध्यक्ष बासुदेव लामिछानेदले दोस्रो शृंखला आउँदो नोभेम्बरमा हुने घोषणा गरेका हुन् । यसको पहिलो श्रृखंला जापानको टोक्योमा ‘सूर्य इन्टरनेशनल अवार्ड २०१८’ सम्पन्न भएको थियो । अब कार्यक्रम आउँदो नोभेम्बर २४ मा टोकियोमा अवार्ड हुने भएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष बासुदेवले अभिनय , गायन , नृत्य र हास्य विधामा रहेर अघिल्लो वर्ष भन्दा भब्य तरिकाले अवार्ड आयोजना गरिने बताए । त्यसका साथै अवार्डले नेपाल सरकारको नेपाल भिजिट २०२० लाई पनि सहयोग पुग्ने बताएका छन् । कार्यक्रमा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई , चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय , चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्ले , नायक भुवन केसी , नायिका गौरी मल्ल , गायक रामकृष्ण ढकाल , नायिका श्वेता खड्का , गायक हेमन्त शर्मा , नायिका सरिता लामिछाने , निर्देशक ऋषि लामिछाने , गायक कमल खत्री , नायक प्रशान्त ताम्राकार , गायक युवराज चौलागाईं , गायिका मिलन अमात्य र एञ्जिला रेग्मी , गायक हेमन मोक्तान , निर्माता अमृत घोले लामा लगायतको उपस्थिति रहेको थियो । सबैले अवार्ड कार्यक्रमलाई सकरात्मक प्रतिक्रिया दिदै सहकार्य गर्ने बताए ।

यसपटक ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ । यसको केहि दिनमा नोमिनेशन सार्वजनिक गरेर टोकियो लगिदैछ । अवार्डमा गत वर्ष २०७५ साल बैशाख १ देखि चैत्र ३० गतेसम्म सार्वजनिक भएका फिल्म तथा गीतसंगीतले सहभागिता जनाउन पाउनेछन् । अवार्ड समारोहमा दुइ दशक लामो फिल्मी यात्रा तय गरेका एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड , एक दशकलामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान , एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *