सन्नी चलचित्र ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन बिहिबार नेपाल आउँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउड नायिका सन्नी लियोनी चलचित्र ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन बिहिबार (भोलि)नेपाल आउँदैछिन् । उनले यस चलचित्रमा दमदार आइटम डान्स गरेकी छिन् । जुन गीतले गर्दा अहिले चलचित्र चर्चामा छ ।

त्यसैले अहिले चलचित्रको सन्नीको आइटम गीतलाई दरिलो माध्यम बनाउदै चलचित्रका अन्य कलाकार र निर्माण टिम प्रचारप्रसारमा खासै सहभागी भएका छैनन् । त्यतिमात्र होइन् , चलचित्रमा सन्नीको अभिनय समेत रहेको हल्ला चलेको छ । त्यसैले सन्नी चलचित्रको हाइप बढाउन नेपाल आउन लागेकी हुन् । सन्नीले एक भिडियो सेयर गदै आफु नेपाल आउन एकदमै उत्साहित भएको बताएकी थिइन् ।

सम्राट बस्नेतको निर्देशन रहेको चलचित्र भदौको २७ गतेबाट रिलिज हुदैँछ । चलचित्रको कथा नेपालको बहुमुल्य मुर्ती चोरेर विदेश पुर्याएपछि उत्पन्न हुने परिस्थितीमा आधारित रहेको छ ।चलचित्रलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । चलचित्रमा सौरभ लामाको छायाँकन र अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्रमा सन्नीसँगै अनुपिक्रम शाही , धिरेन शाक्य ,  बिक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतका कलाकारले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *