भद्रगोलबाट बाहिरिएका जिग्री र पाँडे टिमको नयाँ सिरियलको नाम ‘सक्किगोनि’ ,को को थपिए नयाँ कलाकार ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । भद्रगोलबाट बाहिरिएका जिग्री र पाँडे टिमले नयाँ सिरियलको नाम जुराएका छन् । जिग्री र पाँडे लगायत बाहिरिएका २१ जनाको टिमले असोज २ गतेबाट नेपाल टेलिभिजनबाटै प्रसारण हुने गरी नयाँ सिरियल नाम ‘सक्किगोनि’ जुराएका हुन् । नयाँ सिरियल प्रसारणको लागी यो टिमले नेपाल टेलिभिजनसँग प्रत्येक विहीवार ८.५० बजेको समय समेत किनिसकेका छन् । तर अहिले नयाँ सिरियल ‘सक्किगोनि’ मा २ जना कलाकार थपिएका छन् । यसअघि भद्रगोल छोडर बसेको बरिष्ठेको नामबाट चर्चित कलाकार शकंर आचार्य र धतुरे नामबाट चर्चित पात्र सि पि पुडासैनी फेरी देखिदैछन् ।

 

भद्रगोलको पूर्व निर्देशकद्धोय कुमार कटेल जिग्री र अर्जुन घिमिरे पाँडेको अनुसार आफनै लगानीमा जेपिटी क्रियसन मार्फत पुरानै कथावस्तु र कलाकारहरुको साथमा नयाँ सिरियल निर्माण गर्न लागेको बताए ।

तर यता पुरानै नाम दिएर नयाँ कलाकार राखेर बनाएको भद्रगोल पहिलो एपिसोड नै फ्लप भएको छ । किनभने अधिंकाश दर्शकहरुले पुरानै कलाकार र कथावस्तु चाहेकाले यो एपिसोडबाट खुसी हुन सकेनन् । युटुबमा पनि यस एपिसोडमा लाइक भन्दा पनि बढी डिसलाइक आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *