नाँचघरमा चिनियाँ चलचित्र महोत्सव हुने, महोत्सवमा ६ वटा चलचित्र प्रदर्शन हुदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । हरेक वर्ष आयोजना हुदै आएको चिनियाँ चलचित्र महोत्सव यो वर्ष पनि आयोजना हुने भएको छ । नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्रको आयोजना तथा वल्र्ड कल्चरल नेटको सह आयोजनामा हुने महोत्सव जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने भएको छ । चिनियाँ फिल्म ग्रुप कर्पोरेसनको समेत सहभागिता रहने महोत्सव आगामी २०७६ भाद्र ३१ देखि असोज २ गते सम्म चल्ने वल्र्ड कल्चरल नेटका कार्यक्रम संयोजक राजेन्द्र रिमालले जानकारी दिए ।

यसपटक महोत्सवमा ६ वटा चिनियाँ चलचित्र प्रदर्शन हुने भएको छ । चर्चित निर्देशक वङ्गकार वाई निर्देशित चलचित्र‘ द ग्राण्डमास्टर ’, दाँते लाम निर्देशित चलचित्र‘ अपरेसन मेकङ ’,जँ ज्याक्युज अनौद निर्देशित चलचित्र‘ वुल्फ टोटेम ’, लेस्त चेन निर्देशित चलचित्र‘ ब्याटल अफ मेमोरिज ’, हान यान निर्देशित चलचित्र‘ गो अवे मिस्टर ट्युमर ’ र हाइ चोङ निर्देशित चलचित्र‘ रनिङ लाईक विन्ड ’ प्रदर्शन हुने रिमलाले बताए ।

हरेक दिन २ वटा चलचित्र प्रदर्शन गरिने उक्त महोत्सवमा प्रवेश निशुल्क हुनेछ । तर पासका लागि सम्पर्क गर्नुपर्नेछ । महोत्सवमा यस वर्ष पेकिङ युनिभर्सिटीको आर्ट इन्स्टिच्यूटका प्रोफेसर चेन सुगुआङसँग एउटा विशेष अन्तरसंवादको कार्यक्रम पनि राखिएको वल्र्ड कल्चरल नेटका अध्यक्ष दिपक सरकारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *