नेयमारले पिएसजी छोड्ने निश्चित ! बार्सिलोना आउलान् ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः पेरिस सेन्ट जर्मेन (पिएसजी) र ब्राजिलियन सुपरस्टार नेयमारबीच सम्बन्ध बिग्रिएको समचार प्रकाशित भएको छ । दुवै पक्षले एकअर्काको साथ छोड्न चाहेको समचारमा दावी गरिएको छ । स्पेनिस पत्रिका स्पोर्टका अनुसार यो समरमा नेयमारले पिएसजी छोड्ने सम्भावना बढेको छ । मंगलबार प्रकाशित समचारमा भनिएको छ, ‘नेयमारले क्लबसँ भनेका छन् । म फ्रान्स छोड्न चाहान्छु ।’

पछिल्लो समय नेयमार पूर्व क्लब बार्सिलोनासँग जोडिएका छन् । दुई बर्ष अघि १९८ मिलियन पाउण्डमा पिएसजी गएका उनी पुन बार्सिलोना फर्कने चर्चा छ । बार्सिलोना समेत नेयमारलाई फर्काउन लागि परेको समचारमा उल्लेख छ ।

पिएसजीमा रहँदा चोटले सताएको र च्याम्पियन्स लिग समेत जित्न नसकेपछि नेयमार निराश छन् । उनले बार्सिलोना छोड्नु आफ्नो गल्ती भएको स्विकार गरेको समचारमा उल्लेख छ । पिएसजीले हालै नेयमारसँग अनुबन्ध नविकरण गर्ने विषयमा छलफल गरेको तर, नेयमारले पिएसजीमा नरहने बताएको समचारमा भनिएको छ ।

सोही कारण पिएसजी र नेयमारबीचको सम्बन्ध विग्रिएको छ । समचारमा आगामी सिजनमा नेयमारलाई लियोनल मेस्सी र लुइस स्वारेजसँगै पुन नाउ क्याम्पमा देखिने सम्भाना धेरै रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *