मैले बार्सामा सोचे जस्तो खेल्न सकिँन, अहिले मेहनत गरिरहेको छुः काउटिन्हो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः फिलिपे काउटिन्हाले आफुले बार्सिलोनामा सोचे अनुरुपको खेल्न नसकेको स्विकार गरेका छन् । कोपा अमेरिकाको तयारीमा रहेका उनले होन्डुसर विरुद्धको खेलमा लय समातेको संकेत गरेका थिए ।

हालै उनले मिडियासँग बार्सिलोनामा आफ्नो प्रर्दशन खराब भएको टिप्पणी गरेका हुन् । ‘मेरा लागि सिजन राम्रो भएन । मेरो प्रर्दशन खराब थियो,’ उनले भनेका छन्, ‘लय फर्काउन आत्मविश्वासका साथ कडा मेहनत गरिरहेको छु ।’ पछिल्लो समय काउटिन्होले बार्सिलोना छोड्ने चर्चा भइरहेको छ । उनलाई भित्र्याउन म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन (पिएसजी) इच्छुक रहेको बताइएको छ ।

पिएसजीका कप्तान थियागो सिल्भाले समेत उनको विषयमा टिप्पणी गरेका छन् । ‘होन्डुरस विरुद्ध उनले राम्रो खेले । नेयमारको अभाव उनले पुरा गर्नेछन्,’ सिल्भाले भनेका छन् । ब्राजिलले शनिवार बोलिभिया विरुद्धको खेलसँगै कोपा अमेरिकाको सुरुवात गर्नेछ । तर, ब्राजिलले सुपरस्टार नेमयमारलाई भने गुमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *