चलचित्र ‘नाई नभन्नु ल ५’ हलमा हिट भएसँगै युटुबमा पनि ट्रेन्डिङको पहिलो स्थानमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अहिले चलचित्र ‘नाई नभन्नु ल ५’ युटुबको ट्रेन्डिङको पहिलो स्थानमा छ । गतवर्ष हलमा हिट भएको चलचित्रलाई अहिले युटुबमा पनि दर्शकहरुले अत्याधिक मन पराएका छन् । करिब ९ महिनापछि युटुबमा आएको चलचित्रले सार्वजनिक भएको २ दिनमै ४० लाख बढी भ्यूज पाएको थियो ।

गत वर्ष बक्स अफिसमा हिट भएको चलचित्रलाई धेरै दर्शकहरुले युटुबमा हेरेर रोएको प्रतिक्रिया दिएका छन् । किनभने चलचित्रको कथा वस्तु ,पात्र र विशेषत बाल–कलाकार सेड्रिना शर्माको कामलाई पनि मन पराएका छन् । त्यस्तै कतिपय दर्शकहरुले साना साना बालबालिकालाई प्रेम गर्न सिकाएको भनेर आलोचना समेत गरेका छन् ।

विकासराज आचार्य निर्देशित चलचित्रमा स्वस्तिमा खड्का, प्रियंका कार्की, केकी अधिकारी, अभिषेक नेपालका साथै बाल कलाकार अनुभव रेग्मी, सेड्रिना शर्मा लगायतका थुप्रै कलाकारले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *